कोभिड १९ को विश्वव्यापी बन्दाबन्दीको कारण घरमै रहेका बालबालिकाहरूको सिकाइमा टेवा पुर्याउन रेडियो बाल सिकाइ कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यो कार्यक्रम देशका दुई सयभन्दा बढी सामुदायिक रेडियो स्टेशनहरूबाट हप्तामा ३ पटक प्रसारण हुँदै आइरहेको छ । यस कार्यक्रमले बालबालिकाहरूलाई रमाइला कथा, छन्दका कविता, विषयगत सिकाइ क्रियाकलाप, नेपाललगायत संसारका रमाइला तथ्यहरू र स्वास्थ्यबारे जानकारी गराउँदैआएको छ । त्यस्तैगरी अभिभावक र शिक्षकहरूका लागि तयार पारिएको कार्यक्रमले बालमैत्री शिक्षण तथा असल अभिभावकत्वका सामग्रीहरू दिँदैआएका छन् ।